४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन तोलामा तिन सय रुपैयाँले बढेर एक लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन उक्त सुन एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजाबी सुन तोलाको एक लाख १० हजार तिन सय ५० रुपैयाँ कायम भएको छ।

आज चाँदी भने स्थिर रहेको छ । आज चाँदी आईतबार कै मुल्य प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ।