काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । सत्तागठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध आईतबार महाअभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले आज दिउसो २ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ ।
एमाले प्रमुख सचेचक बिशाल भट्टराईले न्युजपोलार संग भन्नुभयो "षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले पेश गरिएको महाअभियोग बारे छलफल गर्न बोलाईएको बैठकमा जानुको अर्थ छैन ।" एमालेको सहमति बिना पारित हुन नसक्ने प्रस्ताव पेश गरिएको भन्दै भट्टराईले भन्नुभयो "दर्ता गर्नुभन्दा अघि एमाले संग एक पटक पनि सल्लाह भएन त्यसैले बैठकमा जानुको अर्थ छैन । "