१ आश्विन २०८३, बिहीबार
,
Latest
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने मन्त्रिपरिषदको निर्णय



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ। आइतबार बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो ।

यस्तै बैठकले सरकारका प्रवक्तामा मन्त्री कुमार खड्कालाई तोकेको  हो ।  

आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि मन्त्रिपरिषदमा छलफल भएको उनले जानकारी दिए।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ। बजेटअघि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नअघि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए।

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषदमा चार जना मन्त्री छन्।

नेपाली नेतृत्वको सरकारलाई माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ।