१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले बोलाएको सर्बदलीय बैठकमा एमाले सहभागी नहुने



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । सत्तागठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध आईतबार  महाअभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले आज दिउसो २ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ ।

एमाले प्रमुख सचेचक बिशाल भट्टराईले न्युजपोलार संग भन्नुभयो "षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले पेश गरिएको महाअभियोग बारे छलफल गर्न बोलाईएको बैठकमा जानुको अर्थ छैन ।"  एमालेको सहमति बिना पारित हुन नसक्ने प्रस्ताव पेश गरिएको भन्दै भट्टराईले भन्नुभयो "दर्ता गर्नुभन्दा अघि एमाले संग एक पटक पनि सल्लाह भएन त्यसैले बैठकमा जानुको अर्थ छैन । "