काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरबाट नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा एकैपरिवारका बाबु,आमा, छोरासमेत रहेका छन् । पक्राउ परेका छोरा चिकित्सक रहेको बताइएको छ ।
उनीहरूले ६२/६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएका हुन् । प्रहरीले पक्राउ परेका र घटनाको विस्तृत विवरणबारे केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।