३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलमा आज कडा टक्करः गुजरात र राजस्थान भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को ४३ औ खेलमा साबिक विजेता गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन् ।

जयपुरको सवाई मानसिंह स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ। दुबै टोलीले यस सिजनमा प्रभावशाली प्रदर्शन गर्दै आईरहेका छन् । यस खेलमा पनि यी दुई टोलीबिच बलियो प्रदर्शनको अपेक्षा गरिएको छ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरातले नौ खेलमा ६ खेल जितेको छ । गुजरातले आफ्नो अघिल्लो खेल अंकतालिको पुच्छरमा रहेको दिल्ली क्यापिटल्ससँग हारेको थियो। अमान हाकिम खानको अर्धशतकीय मद्दतमा क्यापिटल्सले २० ओभरमा १ सय ३० रन बनाएको थियो । सामान्य लक्ष्य पछ्याएको गुजरातले पावरप्लेमा तीन विकेट गुमाएको थियो । हार्दिक पाण्डेय, अभिनव मनोहर र राहुल तेवाटियाले प्रयास गरे पनि टोलीले लक्ष्य पछ्याउन सकेन र ६ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सके र पाँच रनले खेल हार्यो ।

यता, राजस्थान यस सिजनमा नौ खेलमध्ये पाँच खेल जितेर अंक तालिकाको चौथो स्थानमा छ। राजस्थानले पनि आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्ससँग हार बेहोरेको थियो । रोयल्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको क्षतिमा २१२ रन बनाएको थियो । जसमा यशस्वी जैसवालले आफ्नो पहिलो आईपीएल शतक बनाएका थिए। ठुलो योगफल पछ्याएको मुम्बईले १९.३ ओभरमा खेल सक्कायो र राजस्थानलाई ६ विकेटले हरायो ।

हालसम्म, राजस्थान र गुजरातले गत सिजनको फाइनल सहित आईपीएलमा चार पटक आमनेसामने गरेका छन्। यी मध्ये तीन खेलमा गुजरात विजयी भएको छ । यद्यपि, यस सिजनको पहिलो भिडन्तमा भने राजस्थानले गुजरातलाई हराएको थियो । राजस्थानले अन्तिम ओभरमा १७८ रनको लक्ष्यलाई सफलतापूर्वक पछ्याउँदै गुजरातविरुद्ध आफ्नो पहिलो जित हासिल गर्न सफल भएको थियो।

राजस्थान रोयल्सको सम्भाबित प्लेइङ–११

यशस्वी जैसवाल, देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जेसन होल्डर, जोस बटलर, सञ्जु सामसन (कप्तान), डीसी जुरेल, ट्रेन्ट बोल्ट, युजवेन्द्र चहल, सन्दीप शर्मा ।

गुजरात टाइटन्सको सम्भाबित प्लेइङ–११

शुभमन गिल, एचएच पाण्ड्या (कप्तान), ए मनोहर, डीए मिलर, विजय शंकर, आर तेवतिया, ऋद्धिमान साह (विकेटकीप), राशिद खान, एम शमी, एमएम शर्मा, नूर अहमद ।