३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलः अन्तिमबाट तेस्रो स्थानको लागि कोलकाता र हैदरावाद भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को ४७ औँ खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स भिड्दैछन् । हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ ।

आज यी यो टोलीले यस सिजनमा दोस्रो पटक भेट गर्दैछन्। पहिलो खेलमा हैदरावादका ह्यारी ब्रुकले कोलकाताविरुद्ध २२८ रनको उच्चतम स्कोर बनाउन अपराजित शतक प्रहार गरेका थिए । उक्त खेलमा कोलकाता २३ रनले पराजित भएको थियो ।

कोलकाता नौ खेलमा तीन जित र छ खेलमा हारका साथ अंकतालिकाको आठौं स्थानमा छ । यस्तै, हैदरावाद आठ खेलमा तीनमा जित र पाँचमा हारसहित तालिकाको नबौ स्थानमा रहेको छ । आज यी दुई टोलिले अन्तिमबाट तेस्रो यानिकि आठौ स्थानको लागि भिडन्त गर्नेछन् । तालिकाको अन्तिम तथा दशौ स्थानमा भने दिल्ली क्यापिटल्स रहेको छ ।

कोलकाता आफ्नो अन्तिम खेलमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएको थियो भने हैदरावादले अन्तिम खेलमा दिल्लीलाई हराएको थियो ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ –११ः

अभिषेक शर्मा, मयंक अग्रवाल, राहुल त्रिपाठी, एडेन मार्कराम (कप्तान), ह्यारी ब्रुक, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, मार्को जेन्सेन, भुवनेश्वर कुमार, मयंक मार्कंडे, उमरान मलिक ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेईङ –११ः
जेसन रोय, रहमानउल्लाह गुरबाज(विकेटकिपर), वेंकटेश अय्यर, नितिश राणा (कप्तान), आन्द्रे रसेल, रिंकु सिंह, शार्दुल ठाकुर, सुनील नारायण, हर्षित राणा, वरुण चक्रवर्ती, सुयश शर्मा ।

हेड–टू–हेडः
आइपीएलमा हालसम्म यि दुई टोलिबिच कोलकाता नाइट राइडर्स बलियो रहेको छ । यि दुईबिच भएको २४ खेलहरुमा कोलकाताले १४ खेल जितेको छ भने हैदरावादले ९ खेलमा जित हात पारेको छ ।