२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

कसले तान्दैछ राप्रपाको रथ ?

कसले तान्दैछ राप्रपाको रथ ?
अ अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन तय भएको थियो । तर बैशाखको पहिलो साताबाट निषेधाज्ञा लागूभएपछि तोकिएको समयमा राप्रपाको महाधिबेशन हुनसक्ने अबस्था रहेन ।  तर निर्धारित समयमा महाधिबेशन हुन नसकेपनि पार्टीको नेतृत्व कसले लिने भन्ने दौड भने सुरु भएको छ । दौडमा राप्रपाको मूल मियो समातेर बस्नुभएका कमल थापासँगै पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी आकांक्षी देखिनुभएको छ । 

यो संगै केही समय यता महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालीकाका प्रमुख धबल शमशेर राणा पनि नेतृत्वको दाबी गर्न मैदानमा निस्कनु भएको छ । यसैगरी आवश्यकता परे राजेन्द्र लिङदेन, बिक्रम पाण्डे पनि आफूहरु नेतृत्वका लागि सक्षम रहेको सन्देश प्रबाह गरिरहनु भएको छ । पटक पटक जुट्दै फुट्दै फेरि २०७६ फागुन २८ गते एक भएको राप्रपा महाधिबेशनको चर्चासंगै बिवादको रेखा पनि बढ्दै गएको छ । 

यसको छनक नेताहरुले सञ्चारमाध्याममा ब्यक्त गर्ने धारणा होस वा सामाजिक सञ्जालमा आउने प्रतिकात्मक स्टाटसहरुले पनि देखाउछ । देशभर रहेका राप्रपाका सक्रिय सदस्य मार्फत् छनौट हुने ४५ सय हाराहारीका महाधिवेशन प्रतिनिधिको विश्वास जित्नका लागि सुरु भएको रस्साकस्सीले फेरि पनि पार्टी बिभाजन हुने त होइन भन्ने त्रास पनि कार्यकर्तामाझ रहेको छ । संबैधानिक राजसंस्था र अन्य धर्मलाई उत्तिकै सम्मान गर्दै हिन्दु राज्यको पक्षमा उभिएको राप्रपाको अबको नेतृत्वको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने अवस्था त छँदैछ संगै आगामी निर्बाचनमा बेला पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्म पुग्न र खट्न सक्ने नेतृत्व पनि खाँचो रहेको एक नेताले बताए । 

पहिलो संविधानशभाको निर्बाचनमा २५ सिटसहित निर्णायक बनेको राप्रपा नेपाल र अन्य दुई घटक बिचको एकता पछिल्लो समयमा आएर कमल थापाले लिएको बाटोमा आएर भएको छ । धर्मका बारेमा खासै बिमति नभएपनि सबैधानिक राजसंस्थाको बारेमा स्पष्ट हुन नसकेका राणा र लोहनी पछिल्लो समयमा संबैधानिक राजतन्त्रको पक्षमा उभिनुभएको छ ।

यसको अर्थ कमल थापाले लिएको बाटोमा राप्रपा एउटै कित्तामा आइपुगेको छ । यो एजेण्डामा सहमति जनाउन नसक्ने भन्द राप्रपाका संस्थापक स्वर्गीय सूर्यबहादुर थापाका पुत्र तथा राप्रपा नेता सुनिल थापा दलबल सहित नेपाली कांग्रेसमा प्रबेश गरेपछि अब राप्रपामा एजेण्डामा खासै बिमति रहेको देखिदैन ।  मात्र यी एजेण्डालाई बोक्ने जु्झारु नेतृत्व कस्तो हुन्छ भन्ने हो । नत्र हाल  नेकपा एमालेका माधव नेपाल समूहले भनेजस्तो नीति मेरो पारित भयो नेतृत्व केपी ओलीको भयो भन्दै ओलीलाई भित्रैबाट नेतृत्व स्वीकार गर्न नसक्दाको परिणाम यति बेला मुलुकले भोगिरहेको छ । 

राप्रपाको पछिल्लो अबस्था हेर्दा तीन ओटा घोडाले तानेको रथको सन्तुलन मिलेको देखिँदैन । रथको लगाम कमल थापाले सम्हाले पनि दायाँ बायाँका सहकर्मी वा सारथीको गति मिलेको देखिदैन । कि उहाँहरुबीच गम्भीर बिमति छ कि एकले अर्कालाई कमजोर देखाएर आफु बलियो हुने ईच्छा रहेको बुझन सकिन्छ । राजनीतिमा पहिलो भनिएको पुस्ताले बाटो नछाड्दासम्म त्यसपछिको पुस्ता अघि बढ्न सक्म्दैन । पहिलो पुस्तामा धेरै नेतृत्वका लागि महत्वकाक्षी हुँदा तलकाले अबसर नै पाउदैन, उपयोग मात्र हुन्छन् । राप्रपाका एकजना प्रभावशाली नेता भन्छन्– राणा र लोहनीजीले पछिल्लो समय कतै यही उपयोगिताबाद त अपनाइरहनु भएको छैन ? 

कमल थापासँग स्वभाबिक रुपमा आफूहरु कमजोर रहेका अवस्थामा नेतृत्व हस्तान्तरणको मुद्दा अघि सार्दै सकारात्मक सन्देश पनि जाने र लक्ष्य पनि पूरा हुने हुँदा एउटा तिरले दुई निशाना लगाएको आशंका थापा पक्षले गरेको छ ।  राष्ट्रिय राजनीतिको मुलप्रबाहका अड्का लागि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि सक्रिय रहने सक्ने तथा उमेर हिसाबले पनि राणा र लोहनी भन्दा निकै कम भएका थापालाई नेतृत्व र दुई नेता अभिभाबकिय भूमिकामा रहनुका साथै त्यसपछिको माहाधिबेहशन पछि सहज रुपमा नेतृत्व हस्तान्तरण उपयुक्त हुने बारे.मा पनि छलफल भै रहेको ति नेताले जानकारी दिए। 

एकता महाधिबेशन गरी एकल नेतृत्वमा पार्टी पाँच बर्षसम्म सञ्चालन गरेपछि एउटा ट्रयाकमा पुग्छ अनि नेतृत्व हस्तान्तरण हुदा त्यसले सही दिशा लिन्छ नत्र भने पटक पटक जुट्दै फुट्दै आएको राप्रपा राष्ट्रिय राजनीतिको बैकल्पिक शक्ति बन्ने भन्दा पनि अस्तित्वको खोजीमै रुमल्लीरहने अबस्था नआउला भन्न सकिन्न । त्यसैले रथका पांग्राको सन्तुलन नमिलाउँदा र मिल्न नसक्दा अहिले बाहिर भन्दा पनि पार्टी भित्रकै कार्यकर्ताले पनि प्रश्न गर्न थालेका छन् कि– कसले तान्दैछ राप्रप्रको रथ ?