१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको दाबी : पुटिनको हत्या गर्न ड्रोनमार्फत गरियो प्रयास



अ+ अ-

एजेन्सी । रुसले युक्रेनमाथि क्रेमलिनमा राति ड्रोनमार्फत दुई वटा आक्रमणको प्रयास भएको बताएको छ । रुसी अधिकारीहरुले यो आक्रमणलाई युक्रेनले गरेको र राष्ट्रपति भलाद्मिर पुटिनको ज्यान लिने प्रयास अन्तर्गत भएको दाबी गरेका छन् ।

रुसले यसलाई चरमपन्थी कारबाही भनेको छ । यो घटनाबारे हालसम्म स्वतन्त्ररुपमा भने पुष्टि भएको छैन । तर यसबारेमा युक्रेनले भने अस्वीकार गरेको छ । युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्सकीका प्रवक्ताले युक्रेन यतिबेला रुसले कब्जा गरेको आफ्नो भूमि लिनमा मात्रै केन्द्रित भएको बताएका छन् । युक्रेनी अधिकारीहरुले रुसले यो घटनाको जिम्मेवारी युक्रेनमाथि देखाएर ठूलो आक्रमणको प्रयास गरेको हुनसक्ने बताएका छन् ।

रुसले क्रेमलिनलाई निशाना बनाएर गरिएका ती दुई आक्रमणलाई इलेक्ट्रोनिक रडारका माध्यमबाट निष्क्रिय पारिएको छ । क्रेमलिनले भनेको छ, ‘गए राति युक्रेनले क्रेमलिनस्थित रुसी राष्ट्रपतिको निवासमाथि मानवरहित ड्रोन आक्रमणको प्रयास गरेको छ ।’