८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा स्मार्ट टेलिकम

दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा स्मार्ट टेलिकम
अ+ अ-

काठमाडौँ । स्मार्ट टेलिकम नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको छ । तोकिएको समयभित्र नवीकरण नगरेपछि स्वतः अनुमतिपत्र खारेजीमा परेको स्मार्ट टेलिकमलाई प्राधिकरणले बुधबार नियन्त्रणमा लिएको हो ।
प्राधिकरणले आफ्नो कर्मचारीको टोली खटाएर स्मार्ट टेलिकमको दूरसञ्चार पूर्वाधार प्रणाली, ग्राहक र सम्पत्तिबारे तथ्यांक लिएर कम्पनी स्वामित्वमा लिएको हो ।

अनुमतिपत्र नवीकरण गर्न नसकेपछि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को व्यवस्थाअनुसार स्मार्ट टेलिकम नियन्त्रणमा लिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

‘स्मार्ट टेलिकम हाम्रो नियन्त्रणमा आइसकेको छ’, उहाँले भन्नुभयो, ‘अब यसैको सेवा निरन्तरता दिने कि ग्राहक स्थानान्तरण गर्ने त्यसको टुंगो लगाउँछौँ ।’ नियमावलीमा भएको व्यवस्था अनुसार ग्राहक आधार धेरै नभएको अवस्थामा त्यसलाई अन्य दूरसञ्चार प्रदायकको सेवामा स्थानान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।

स्मार्ट टेलिकमलाई नियन्त्रणमा लिनुपूर्व प्राधिकरणले बुधबार नै एक सार्वजनिक सूचना जारी गर्दै स्मार्ट टेलिकमले नियमानुसार नवीकरण नगरेकाले अनुमतिपत्र स्वतः खारेज भएकाले दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामै हस्तान्तरण गर्न निर्देशन दिएको थियो । सूचना जारी गरेकै दिन प्राधिकरणले नियन्त्रणका लागि टोली खटाएको छ ।

२०७० वैशाख २ मा आधारभूत टेलिफोन सेवाका लागि अनुमति पाएको स्मार्ट टेलिकमले त्यसको १० वर्षपछि अर्थात् २०८० वैशाख २ गते अनुमति पत्र नवीकरा गर्नुपर्ने थियो । अनुमति पत्रका लागि २० अर्ब रुपैयाँ र फ्रिक्वेन्सी तथा रोयल्टीवापतको थप चार अर्ब रुपैयाँ गत वैशाख २ गतेभित्र बुझाउनुपर्नेमा स्मार्ट टेलिकमले बुझाउन नसकेपछि दूरसञ्चार ऐन, २०५३ बमोजिम स्वतः खारेजीमा परेको थियो । आजको गोरखापत्रमा समाचार छ ।