१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग प्रकरणमा एमाले आवेग, उत्तेजनामा होइन गम्भीर भएको छ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले महाअभियोग प्रकरणले एमाले आवेग र उत्तेजनामा नआई गम्भीर भएको बताउनुभएको छ । सत्ता गठबन्धनका तीन राजनीतिक दलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा (हाल निलम्बित) विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएपछि एमालेको आज बसिरहेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

बैठकमा अहिले अध्यक्ष ओली बोलिरहनुभएको छ । बैठकले महाअभियोग प्रस्तावको प्रतिवाद गर्नेसम्बन्धमा निर्णय गर्ने बताइएको छ । आइतबार सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ जना सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

तस्बिरः रत्न श्रेष्ठ- रासस