![](https://newspolar.com/wp-content/uploads/2023/05/pratik-thapa.webp)
काठमाडौँ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौँबाट प्रहरीले पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरले प्रतिकविरुद्ध पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको बताइएको छ ।