काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले महाअभियोग प्रकरणले एमाले आवेग र उत्तेजनामा नआई गम्भीर भएको बताउनुभएको छ । सत्ता गठबन्धनका तीन राजनीतिक दलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा (हाल निलम्बित) विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएपछि एमालेको आज बसिरहेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
बैठकमा अहिले अध्यक्ष ओली बोलिरहनुभएको छ । बैठकले महाअभियोग प्रस्तावको प्रतिवाद गर्नेसम्बन्धमा निर्णय गर्ने बताइएको छ । आइतबार सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ जना सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।
तस्बिरः रत्न श्रेष्ठ- रासस