८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

जापानमा स्कर्ट लगाएका महिलाको आपत्तिजनक तस्बिर खिँचे तीन वर्ष जेल

जापानमा स्कर्ट लगाएका महिलाको आपत्तिजनक तस्बिर खिँचे तीन वर्ष जेल
अ+ अ-

एजेन्सी । जापानमा महिलाको सुरक्षाका लागि नयाँ विधेयक संसदमा प्रस्तुत गरिएको छ । यदि यो कानून पास भयो भने जापानमा स्कर्ट वा अन्य कपडामा महिलाहरुको आपत्तिजनक तस्बिर खिचेको पाइएमा दोषी ठहरिनेछ ।
साथै उक्त व्यक्तिलाई तीन वर्ष जेल सजाय तथा लाखौँ रकम जरिवाना हुनसक्नेछ । यो कानून सार्वजनिकरुपमा आवाज उठेपछि संसदमा ल्याइएको हो ।

यो कानुन ल्याउनुको उद्देश्य अपस्कर्टिङ जस्ता महिलासँग जोडिएको अपराध रोक्नु हो । बेलायत तथा यूरोपका कैयन देशमा यसप्रकारको गतिविधिलाई बलात्कार अन्तर्गत राखिएको छ । यी देशहरुमा यसप्रकारको अपराधका लागि सजाय पनि तोकिएको छ ।

अपस्कर्टिङ भनेको के हो ?
आपराधिक मानसिकता भएका मानिसहरु छोटो कपडा लगाउने महिलाहरुको तस्बिर लिन्छन् । र, उनीहरुले ती तस्बिरहरु कुनै पोर्न साइटमा बिक्री गर्छन् वा रिभेन्ज पोर्नका रुपमा महिलाको चरित्र हत्या गर्ने प्रयास गर्छन् । यसैलाई अपस्कर्टिङ भनिन्छ ।

जापान टुडे पत्रिकाका अनुसार यसप्रकारको अपराध खासगरी भिड हुने क्षेत्रमा बढी हुने गरेको पाइन्छ । साथै थिएटर, स्टेडियम, सार्वजनिक स्थानमा बढी हुने गरेको पाइन्छ ।

जापानमा सबैभन्दा बढी मेट्रो रेलहरुमा पनि भएको पाइन्छ । यदि उक्त कानून पारित भयो भने अपराधीलाई करिब तीन लाख जापानी येन जरिवाना र तीन वर्षको कैद सजाय हुनसक्छ । उक्त कानून कार्यान्वयनका लागि जापानको मोबाइल निर्माता कम्पनीहरु अडिबल सटर साउण्ड टेक्नोलोजीको प्रयोग सुरु गरिसकेका छन् । जसमा महिलाहरुलाई उनीहरुको आसपासमा कसैले यसप्रकारको गतिविधि गरेको भए सतर्क हुनेछन् । साथै उनीहरुले घटनाबारे प्रहरीलाई रिपोर्ट गर्न सक्नेछन् ।

जापान प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसा सन् २०१० मा यसप्रकारका १ हजार ७४१ वटा उजुरी दर्ता भएका थिए । साथै सन् २०२१ मा यो संख्या ५ हजारभन्दा बढी पुगेको थियो । पछिल्लो समय ८ देखि १० हजारसम्मको संख्यामा यस्ता घटना घट्ने गरेको पाइन्छ ।