• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   बजेट जनता र राष्ट्रको पक्षमा: प्रधानमन्त्री दाहाल ★   मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान ★   बीउ र बजारको अभावले घट्दैछ ओल खेती ★   प्रतितोला छ सयले घट्यो सुनको मूल्य ★   पारसले दिए सन्दीपलाई बधाई ★   आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी चालकसँग सरकारको वार्ता सुरु ★   फ्यानको माया देखेर रोइन् कियारा आडवाणी ★   उत्कृष्ट गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै ★   काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ ★   दोस्रो पटक विश्वकप खेलेको टिमको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था छैन: खेलकुद मन्त्री श्रेष्ठ

एसिसी प्रिमियर कप फाइनलः आज खेल हुन नसके के हुन्छ ?



काठमाडौँ । वर्षा बाधक बन्दा एसिसी पुरुष प्रिमियर कपको फाइनल खेल अवरुद्ध भइरहेको छ । लगातारको वर्षा र मौसमी अवस्था हेर्दा आज खेलको परिणाम आउने अवस्था छैन ।

टस जितेर फिल्डिङ रोजेको नेपालले युएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहेको यस खेल रोकिनुअघि युएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ । यदि आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ । आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुनेछ ।

अर्थात् भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुनेछ र युएईका कार्तिक मियप्पन र जुनैद सिद्दिकी क्रिजमा हुनेछन् । बलिङको सुरुवात नेपालका ललित राजवंशीले नै गर्नेछन् । उनले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि वर्षाका कारण खेल रोकिएको थियो । त्यसअघि ललितले लगातार दुई बलमा दुई विकेट लिएका थिए । उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दै यूएईलाई अलआउट गर्ने अवसर समेत रहनेछ ।

यद्यपि, आज मौसम खुलेर खेल हुन सक्ने अवस्था आएमा ओभर छोट्याउने र टार्गेट पनि समायोजन गर्न सकिनेछ । यदि, त्यसो हुन नसकेमा तेस्रो विकल्पको रुपमा सुपरओभरबाट पनि खेलको नतिजा छिनोफानो लाग्नेछ । क्यानका अनुसार खेल अनिर्णित भएमा दुईवटा सुपरओभर हुन सक्नेछ । जसमा दुवै टिमले एक–ओभर बलिङ र ब्याटिङ गर्न पाउँछन् । जसले बढी रन बनाउँछ उही विजेता बन्छ । यदि, सुपर ओभरमा खेल गएमा हाल कमजोर अवस्थामा रहेको युएईले शून्यबाटै अवसर पाउनेछ ।

भोलि पनि वर्षा हुने मौसम विभागले जनाएको छ । तसर्थ, सुपर ओभर पनि सम्भव नभएमा नेपाल एसिया कपका लागि छनोट हुन्छ । विश्व एकदिवसीय वरियताका आधारमा नेपाल छनोट हुनेछ । ओडीआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् ।