१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालयमामा कर्मचारी अभाव



अ+ अ-

राजविराज । दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी छ । 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा (नासु), पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । प्रजिअ गौतमले भन्नुभयो, “कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक जनाले धानेको छ, निकै समस्या भएको छ ।”

नायब सुब्बाको १० जनाको दरबन्दीमध्ये आठ नायब सुब्बा अहिले काम गरे पनि लामो समयदेखि नायब सुब्बाका दुई दरबन्दी रिक्त नै रहेका छन् । एक प्रशासकीय अधिकृत पनि विगतदेखि नै रिक्त रहेका कारण नागरिकता, राहदानी तथा अन्य महत्वपूर्ण कामकाज प्रभावित भएको जनाइएको छ ।  

जेलरले गर्छन् प्रशासकीय अधिकृतको काम 

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भई काम प्रभावित हुन थालेपछि प्रशासकीय अधिकृतले गर्नुपर्ने नागरिकताको काम अहिले राजविराज कारागारका जेलर सुमन कोइरालाले गर्नुहुन्छ । 

कामु प्रशासकीय अधिकृतका रुपमा उहाँले नागरिकतामा तोक लगाउने, राहदानी सिफारिस गर्ने, प्रतिलिपि बनाउनेलगायतमा अहिले सघाइराख्नुभएको छ । प्रशासकीय अधिकृत किशोर राम विगत १५ दिनदेखि घरायसी कामका लागि बिदा बसेपछि यहाँ कर्मचारीको अभाव देखिएका कारण कारागारबाट नायब सुब्बा(नासु) कोइरालालाई ल्याएर ‘नागरिकता, प्रतिलिपि तथा राहदानीलगायत काम गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।