५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीर पुनको आन्दोलनमा एमालेको ऐक्यबद्धता



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

संस्थापक पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन् । वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तन लागि सरकारले कोष स्थापना गर्नुपर्नेलगायतका मागसहित पुन माइतीघरमा धर्नामा बसेका हुन् ।

आइतबार दिउँसो धर्नास्थल पुगेर एमाले प्रमुख सचेतक पदम गिरीले पुनले राखेका मागहरूप्रति एमालेको ऐक्यबद्धता रहेको बताए ।

‘पुनले उठाउनुभएको मागप्रति एमालेका ७९ जना सांसदको ऐक्यबद्धता रहेको छ’, गिरीले भने ।

यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन जनाएका छन् ।