२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको ओलीलाई प्रश्न: ०६३ अगाडी तपाईहरु पनि फटाह हो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति प्रति कडा आपत्ति जनाउनु भएको छ ।

पछिल्ला केही दिन यता एमाले अध्यक्ष ओलीले आक्रामक अभिव्यक्ति दिदै आउनु भएको छ । ओलीको अभिव्यक्ति पछि प्रवक्ता श्रेष्ठले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ । संगसंगै प्रश्न पनि गर्न चाहन्छु- ‘०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ? ‘

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी नामाकरण गरिएको भन्दै विरोध गरिरहेको समूहबीच झडप भएको थियाे  ।

बैशाख १३ गते बुधबार झापामा ओली सहभागी भएको कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी नामाकरण गरिएको भन्दै विरोध गरिरहेको समूहबीच झडप थियो भने ईलामको कार्यक्रममा उहाँमाथी कालोझण्डा देखाउदै बिरोध भएको थियो । तर एमाले अध्यक्ष ओलीले पूर्ब युबराज्ञी हिमानी शाहको फेक ट्वीटमा आएको कुरालाई लिएर राजसंस्था माथी आक्रोशपूर्ण अभिव्यक्ति दिदै आउनु भएको छ ।

ओलीले भन्नुभएको थियो ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिछन् । अनि ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हाने रे ।’