११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

लुटपाट गर्ने उद्देश्यले निराको हत्या

लुटपाट गर्ने उद्देश्यले निराको हत्या
अ अ+ अ-

काठमाडौँ । प्रहरीको प्रारम्भिक अनुसन्धानले लुटपाट गर्ने उद्देश्यले कपनमा व्यवसायी गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या भएको देखाएको छ । पाण्डेको हत्या प्रकरणमा संलग्न झापाका विनोद विकलाई प्रहरीले पक्राउ गरेपछि लुटपाटको उद्देश्यले उनको हत्या भएको खुलेको हो ।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल चलाउँदै आएकी निराको गत बैशाख ७ गते हत्या भएको थियो । प्रहरी प्रधान कार्यालयले घटना अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । अनुसन्धान टोलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहकार्यमा शनिबार राति झापाबाट विकलाई पक्राउ गरेको थियो । ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ ।

पारिवारिक कलह र ऋणले गर्दा विक काठमाडौंमा आएको खुलेको छ । ऋण तिर्न नसकेको र परिवारसँग समेत सम्बन्ध राम्रो नभएपछि विकले अपराधिक बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको करिब ३/४ लाख ऋण रहेको र उक्त ऋण तिर्न नसकेको अनुसन्धानले देखाएको छ ।

निरा हत्यामा विक एक्लैको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । विक केही समयअगाडि ठमेलस्थित एक क्लबमा बाउन्सरको रुपमा काम गर्दै आएका थिए । त्यसअघि उनले झापामा एक क्‍यासिनोमा बाउन्सरको रुपमा काम गरेका थिए । भक्तपुरको लोकन्थलीमा साथीको डेरामा बस्दै आएका विक बैशाख ७ गते सामान किन्ने उद्देश्यले निराको पसल पुगेका थिए ।

सामान हेरिसकेपछि उनी पैसा लिन नजिकैको एटीएम काउन्टर गएका थिए । फर्केर फेरि विकले निरासँग सामान खरिद गर्नेबारे छलफल गरेका थिए । सोही क्रममा उनले निरामाथि आक्रमण गरे । निराकै पसलमा रहेको चक्कु प्रयोग गरेर उनीमाथि प्रहार गरेका थिए । हत्यापछि विकले निराले लगाएको सिक्री र काउन्‍टरमा रहेको केही पैसा लिएर निस्केका थिए । त्यसपछि उनी फेरि लोकन्थलीस्थित साथीको कोठामा गएका थिए । लुटेको सिक्री एक सुन–चाँदी पसलमा ५५ हजारमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।