• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् ।

भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौँ नियमित उडानबाट स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

उडान तालिकाका अनुसार उनी आज बेलुका ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नेछन् । प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए ।

आगलागीमा परी सांसद डा भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।