११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै तिन दिन पानी पर्ने सम्भावना



अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाइएको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका काराण आगामी तीन दिनसम्म वर्षा हुने विभागको भनाई छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ ।

तीन दिनसम्म पानी पर्ने र रोकिने क्रम चलिरहने सम्भावना रहेको विभागले जनाएको छ ।