१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

उदिपुर–मार्कीचोक–भरतपुरको प्रसारनलाइन निर्माण ५० प्रतिशत

उदिपुर–मार्कीचोक–भरतपुरको प्रसारनलाइन निर्माण ५० प्रतिशत
अ अ+ अ-

लमजुङ । यहाँ मस्र्याङ्दी कोरिडोरअन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । विविध कारणले  यस आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण गर्न बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताउनुभयो । उहाँका अनुसार लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्नेछ । त्यसका लागि १९३ वटा टावर आवश्यक पर्ने उहाँको भनाइ थियो । यीमध्ये हालसम्म १८ टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ ।

‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पु¥याउनका लागि छ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ । उदिपुरदेखि मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाइएकाले आजदेखि तार तान्ने कार्य भइरहेको महाशाखा प्रमुख रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार तार तान्ने काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ । छ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनाको महामारी रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ । छ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा र आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ । पैँतालिस टावरको काममध्ये लमजुङतर्फ ३५ र तनहुँतर्फ १० टावर उठाउने काम भइरहेको छ । अठार वटा खडा भएको टावरमध्ये १७ उदिपुरदेखि मध्मस्र्याङ्दीसम्म र एक लमजुङकै फुलबारीमा खडा भएको छ । आयोजनाको तीन खण्डमा यतिबेला काम भइरहेको छ । त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई वटा सवस्टेसन पनि निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ । 

दुईसय २० केभीको उक्त आयोजनाको निर्माणकार्य सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको र तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ थियो । उक्त सम्झौताअनुसार तीन वर्ष नाघेपछि थप गरिएको समयावधि पनि सकिन दुई तीन महिना मात्र बाँकी रहेकाले अझै निर्माण अवधि थपिने भएको छ । चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको छ । आयोजना सम्पन्न गर्नका लागि पौने तीन अर्ब रुपैँया लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । रासस