काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री दाहालले ट्विट गर्दै एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेका टोलीलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री दाहालले भनेका छन्, ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
कीर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएर नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रूपमा फाइनलमा पुगेको थियो ।अब उपाधिको लागि नेपाल र युएईले सोमबार खेल्नेछन् ।










