१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिईओ क्लव ग्लोबल र कतार एयरवेज बिच सम्झौता (भिडियो सहित)



अ+ अ-

काठमाडौं । सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।  

सोमबार सिईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । त्यस्तै कतार एयरवेजले पनि सिईओ क्लव ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने जनाइएको छ । सम्झौंता पत्रमा सिईओ क्लव नेपाल च्याप्टरका तर्फबाट डा। शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा बोल्दै सिईओ क्लव ग्लोबल नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत डा। शम्भु पोखरेलले सम्झौता भएसँगै क्लवका नेपाल भित्रका सदस्यहरुले मात्रै गन्तव्यसम्म पुग्नका लागि सो सुविधा पाउने बताउनुभयो ।

सिईओ क्लव ग्लोबल अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको संस्था हो । यस संस्थाको १०० भन्दाबढी देशमा नेटवर्क रहेको जनाइएको छ । निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च सरकारी ओहोदाका व्यक्तिहरु सदस्य रहने यस क्लवमा विश्वभर १० हजार भन्दाबढी सदस्य रहेको बताइएको छ ।