३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

महाविर पुनको अभियानमा राप्रपाको समर्थन र ऐक्यबद्धता

महाविर पुनको अभियानमा राप्रपाको समर्थन र ऐक्यबद्धता
अ+ अ-

काठमाडौं । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ।

आज शनिबार बिहान पार्टीका निर्देशन समितिका अध्यक्ष डा।प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ। धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको समुह समेत ऐक्यबद्धताका लागि पुग्नुभएको थियो ।

आफ्ना मागहरू सहित धर्नामा बसिरहेका महाविर पुन र आविष्कार केन्द्रका टोलीसंगको भेटमा निर्देशन समितिका अध्यक्ष डा।लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउनु हुँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताउनुभयो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिनुभएको छ।

आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद दिनुहुँदै अनुसन्धान, नबप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताउनुभएको छ।