२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी

सिईओ क्लव ग्लोबल र कतार एयरवेज बिच सम्झौता (भिडियो सहित)

सिईओ क्लव ग्लोबल र कतार एयरवेज बिच सम्झौता (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।  

सोमबार सिईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । त्यस्तै कतार एयरवेजले पनि सिईओ क्लव ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीहरुलाई सेवा दिन पाउने जनाइएको छ । सम्झौंता पत्रमा सिईओ क्लव नेपाल च्याप्टरका तर्फबाट डा। शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा बोल्दै सिईओ क्लव ग्लोबल नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत डा। शम्भु पोखरेलले सम्झौता भएसँगै क्लवका नेपाल भित्रका सदस्यहरुले मात्रै गन्तव्यसम्म पुग्नका लागि सो सुविधा पाउने बताउनुभयो ।

सिईओ क्लव ग्लोबल अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको संस्था हो । यस संस्थाको १०० भन्दाबढी देशमा नेटवर्क रहेको जनाइएको छ । निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरु, कूटनीतिक नियोगका प्रमुखहरु, उच्च सरकारी ओहोदाका व्यक्तिहरु सदस्य रहने यस क्लवमा विश्वभर १० हजार भन्दाबढी सदस्य रहेको बताइएको छ ।