• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छः मन्त्री किराँती



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनु भयो । उहाँले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनु भयो । उहाँले नेपालीहरु कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनु भयो । उहाँले सबै राजनीतिक दल र नेताहरु गरिबीको बिरुद्धमा एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताले भनेका छन्, तिमीहरुले होस पु¥याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरित पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको बिरुद्धमा एकजुट होऔँ । र जो अत्याधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर जन्मिएको जस्तो ।’

मन्त्री किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप लगाउनु भयो । उहाँले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको बताउनु भयो । उहाँले मन्त्रीहरुले मन्त्रीहरुले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रुपैयाँ खाने गरेको बताउनु भयो । उहाँले भगवानहरु पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताउनु भयो । उहाँले अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्रायः रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै पो रहेछ । प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ । हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एकदिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ । आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहीँ जम्मै स्थान, विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्राय छ । जति चिमोट्दा पनि ऐया भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ । दबाब जनताले दिनुपर्छ ।’

मन्त्री किराँतीले देशका कानून संशोधन गरी अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले आवश्यक कानून सच्याउनुपर्छ । हिमालमा गएर प्याराग्लाइडिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमालमा स्काइ ड्राइभिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमाल चढ्ने होइन, हिमाल भगवान हो, परबाट ढोग्ने हो, भन्ने मानसिकताले बनाएको कानून हो, समयअनुसार चल्नुपर्छ । तपाईले एउटा व्यवसाय दर्ता गराउन जानुस्, सात वटा मन्त्रालय धाउनुपर्छ । २२ वटा विभाग धाउनुपर्छ । २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्छ भने व्यवसायी के हुन्छन् ? पर्यटनको क्षेत्रमा कानून बनाउँदा तपाईहरुको साथ चाहिन्छ । हाम्रो रगतमा भ्रष्टाचार छ, जतिसुकै भन्नुस् ।’

मन्त्री किराँतीले नेपालीहरुको रगतरगतमा भ्रष्टाचार रहेको बताउनु भयो ।