१६ असार २०८३, मंगलवार
,
Latest
स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई पहिचानवादीहरुले देखाए कालो झण्डा



अ+ अ-

काठमाडौँ । आफ्नो जन्मथलो आठराई  पुग्नुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिएको छ ।

सिलाम साक्मा लगाएर सपत्नी जन्मथलो पुग्नुभएका ओलीलाई पहिचानवादीहरुले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका हुन् ।

कोशी प्रदेश नामकरणको विरोधमा किरात प्रदेश नाम राख्नुपर्ने भन्दै आन्दोलन गरिरहेका पहिचानवादीहरुले ओलीसामु विरोध प्रदर्शन गरेका हुन् ।

अध्यक्ष ओलीलगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डासमेत देखाएका थिए ।

सिलाम साक्मा लगाएर सेल्फी लिँदै जन्मथलो आठराईमा ओली दम्पती

इलाममा भएको कार्यक्रममा अध्यक्ष ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभएको थियो ।

उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभएको थियो । उहाँले ढुङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गर्नुभएको थियो ।