१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

डेढ किलोमिटरमै सीमित तुलसीपुरको चक्रपथ

डेढ किलोमिटरमै सीमित तुलसीपुरको चक्रपथ
अ अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुरमा निर्माण हुने भनिएको चक्रपथको काम  अघि बढ्न  सकेको छैन । चुनावको समयमा निकै चर्चा पाउने चक्रपथ अहिले भने ओझेलमा परेको छ । एक दशक अघिदेखि निर्माण कार्य सुरु भएको चक्रपथ निर्माणको कार्य डेढ किलोमिटरममा मात्रै सीमित बनेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनीयर  पवनकुमार योगीका अनुसार अहिलेसम्म एक किलोमिटर मात्रै कालोपत्र भएको छ । चक्रपथलाई वैकल्पिक सडकका रुपमा लिइएको थियो । तर, हाल बजेट अपर्याप्त हुँदा काम अघि बढ्न नसकेको इञ्जिनीयर योगीले बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका–७ राजापुरदेखि  रक्षाचौर आँखा अस्पताल–तुलसीपुर ३ डाँडाखुट्टी, तुलसीपुर ८ टिकरी, तुलसीपुर १२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो । जो करिब २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ  बनाउने योजना रहेको भए पनि त्यो कामले तीव्रता पाउन सकेको छैन । इञ्जिनीयर योगीका अनुसार ती स्थानमा कच्ची ट्र्याक खोलिएको भए पनि पक्की भने  हुनसकेको छैन ।“सबैमा कच्ची ट्र्याक त खोलिएको छ”,उहाँले भन्नुभयो,“तर,  पक्की भने  एक किलोमिटर मात्रै छ ।” तत्कालीन समयमा  काठमाडौँको कन्सल्टेन्सी आरडिसीले सम्भाव्यता अध्ययन गरेको थियो । 

साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो । उपमहानगरले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि एक करोड ४० लाख, आर्थिक वर्ष २०७८/७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत एक करोड ५० लाख बजेट व्यवस्था गरिएको र सङ्घ, प्रदेश सरकारसँग समन्वय गरी तुलसीपुर चक्रपथ निर्माण तथा तुलसीपुर बजार क्षेत्रमा फुटपाथ निर्माणका लागि आवश्यक पर्ने बजेट व्यवस्था गरिएको नीति ल्याएको थियो ।

तर, स्थानीय सरकारले चक्रपथ निर्माणको काम अघि नबढ्नुमा प्रदेश सरकारलाई दोष दिएको छ । “प्रदेश सरकार अन्तर्गत क्रमागत योजना अनुसार चक्रपथ निर्माणको लागि हामी लागेका थियौं”, उहाँले भन्नुभयो, “तर, प्रदेश सरकारले त्यो योजना हटाउँदा काम अघि बढ्न सकेन ।” 

साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो । तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन । (रासस, दीपक बोहोरा)