२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन कार्की स्टारर चलचित्र ‘प्रसाद २’ आजबाट हलमा



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘पसाद २’ आजबाट देशभर प्रदर्शनमा आउँदैछ । अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनित फिल्म ‘प्रसाद २’ आजबाट प्रदर्शनमा आउन लागेको हो ।

यसअघि चैत २४ गते प्रदर्शन हुने भनिएको फिल्मको आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा पुगेपछि प्रदर्शन रोकिएको थियो । निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाबिरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो ।

तर, उच्च अदालत पाटनले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा फिल्मको प्रदर्शन फुकुवा भएको थियो ।

कलात्मक पक्ष सशक्त रहेको चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सवाल रूपमा उजागर गरेको छ । राजनीतिक र सामाजिक कथाको फिल्म ‘प्रसाद २’ मा विपिन र केकीसँगै अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा राजेश श्रेष्ठको छायाकंन, राजनराज सिवाकोटीको संगीत र सुशील पौडेलको लेखन रहेको छ । फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।