११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सबै जनसंगठनको सहभागितामा एमालेले मे दिवस भव्यरूपमा मनाउने

सबै जनसंगठनको सहभागितामा एमालेले मे दिवस भव्यरूपमा मनाउने
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)जनसंगठन समन्वय संयन्त्रको बैठकले बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा पार्टी कार्यालय, च्यासल, ललितपुरमा बिहीबार बसेको बैठकले नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को आयोजनामा हुने मे दिवस कार्यक्रम सबै जनसंगठनको सहभागितामा भव्यरूपमा मनाउने निर्णय गरेको हो ।

बैठकमा नेकपा (एमाले) सम्बद्ध जनसंगठनका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेकपा (एमाले)का २३ वटा जनसंगठन रहेका छन् ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बुधबार झापामा भएको आक्रमण प्रयासको निन्दा र भत्र्सना गरेको छ ।
बैठकमा जनसंगठन समन्वय संयन्त्रको १५ महिनाको कार्यकालको समीक्षा गरिनुका साथै यस अवधिमा सबै (२३ वटै) जनसंगठनका राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सकिएको र यसले जनसंगठनलाई आफ्ना मुद्दामा केन्द्रित भई क्रियाशील हुन सकारात्मक सन्देश दिएको निष्कर्ष निकालिएको छ ।

जनसंगठनको नेतृत्व चयनमा अनेरास्ववियुको निर्वाचनबाट र अन्य सबै जनसंगठनको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो । महाधिवेशनबाट जनसंगठनमा नयाँ र युवा पुस्ता जोडिने अवसर सिर्जना भएको ठहर गरिएको छ ।

बैठकमा जनसंगठनहरू एजेण्डामा आधारित रहेर बनाउन ध्यान दिनुपर्ने, जनसंगठनहरूलाई सम्बन्धित क्षेत्रको नेता संगठनका रूपमा क्रियाशील र स्थापित हुन प्रेरित गर्नुपर्ने, जनसंगठनलाई स्थानीय तहसम्म पुर्याउनुपर्ने साथै राजनीतिक रूपमा प्रशिक्षित गर्नुपर्ने लगायत विषयमा छलफल भएको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा संयन्त्रका उपप्रमुख रचना खड्काले बताइन् ।

बैठकमा पछिल्लो समय विभिन्न जनसंगठनका महाधिवेशनबाट निर्वाचित अध्यक्षहरूलाई बधाई दिनुका साथै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संगठनलाई पहिलो बनाउन सफल भएकोमा अनेरास्ववियुको नेतृत्वलाई बधाई दिइएको थियो ।