१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै जनसंगठनको सहभागितामा एमालेले मे दिवस भव्यरूपमा मनाउने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)जनसंगठन समन्वय संयन्त्रको बैठकले बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) भव्यरूपमा मनाउने निर्णय गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा पार्टी कार्यालय, च्यासल, ललितपुरमा बिहीबार बसेको बैठकले नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को आयोजनामा हुने मे दिवस कार्यक्रम सबै जनसंगठनको सहभागितामा भव्यरूपमा मनाउने निर्णय गरेको हो ।

बैठकमा नेकपा (एमाले) सम्बद्ध जनसंगठनका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेकपा (एमाले)का २३ वटा जनसंगठन रहेका छन् ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बुधबार झापामा भएको आक्रमण प्रयासको निन्दा र भत्र्सना गरेको छ ।
बैठकमा जनसंगठन समन्वय संयन्त्रको १५ महिनाको कार्यकालको समीक्षा गरिनुका साथै यस अवधिमा सबै (२३ वटै) जनसंगठनका राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सकिएको र यसले जनसंगठनलाई आफ्ना मुद्दामा केन्द्रित भई क्रियाशील हुन सकारात्मक सन्देश दिएको निष्कर्ष निकालिएको छ ।

जनसंगठनको नेतृत्व चयनमा अनेरास्ववियुको निर्वाचनबाट र अन्य सबै जनसंगठनको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो । महाधिवेशनबाट जनसंगठनमा नयाँ र युवा पुस्ता जोडिने अवसर सिर्जना भएको ठहर गरिएको छ ।

बैठकमा जनसंगठनहरू एजेण्डामा आधारित रहेर बनाउन ध्यान दिनुपर्ने, जनसंगठनहरूलाई सम्बन्धित क्षेत्रको नेता संगठनका रूपमा क्रियाशील र स्थापित हुन प्रेरित गर्नुपर्ने, जनसंगठनलाई स्थानीय तहसम्म पुर्याउनुपर्ने साथै राजनीतिक रूपमा प्रशिक्षित गर्नुपर्ने लगायत विषयमा छलफल भएको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा संयन्त्रका उपप्रमुख रचना खड्काले बताइन् ।

बैठकमा पछिल्लो समय विभिन्न जनसंगठनका महाधिवेशनबाट निर्वाचित अध्यक्षहरूलाई बधाई दिनुका साथै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संगठनलाई पहिलो बनाउन सफल भएकोमा अनेरास्ववियुको नेतृत्वलाई बधाई दिइएको थियो ।