• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

अग्रता जोगाउन नसक्दा टोटेनहमसँग बराबरीमा रोकियो युनाइटेड



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । गएराति टोटेनहमको मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । खेलको ७ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

५६ औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै टोटेनहमलाई १-२ गोलको स्थितीमा ल्याए । ७९ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई २-२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

यो नतिजासँगै युनाइटेड ३१ खेलबाट ६० अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने ३३ खेलबाट ५४ अंकका साथ टोटेनहम पाँचौं स्थानमा छ ।