काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । स्पिनर ललीत राजवंशीले कतारका ओपनर कमरान खानलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
ओपनर खान २.२ ओभरमा एक छक्का प्रहार गर्दै ८ रन बनाएर आउट भए ।
नेपालले कतारलाई जितको लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ । ताजा स्थितीमा कतारले ३ ओभरमा एक विकेटको क्षतिमा १८ रन बनाएको छ ।