• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पत्रकार बञ्जाराको विषयमा निष्पक्ष छानबिन गर्न महासंघको अपिल



हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पत्रकार इन्द्रप्रसाद बञ्जारा (रमेश) को विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष मणिराज गौतमले आज एक विज्ञप्ती जारी गर्दै बञ्जारा पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी कारबाही र निर्दोषलाई न्याय दिलाउन कुनै दबाब र प्रभावको भरमा नपरी निष्पक्ष छानबिन गर्न प्रहरी प्रशासनसमक्ष माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ–“पछिल्ला दिनमा मकवानपुरका सञ्चार माध्यममा उक्त घटनासंग सम्वन्धित विषयका विभिन्न समाचार तथा सीसीटिभी फुटेजहरु प्रकाशनरप्रशारण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कारवाही र निर्दोषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघ मकवानपुर जोडदार माग गर्दछ ।”

घटनाका विषयमा विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला निकायसमक्ष पनि महासंघ मकवानपुर अध्यक्ष गौतमले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

गएको चैत्र ३० गते एक महिलाले पत्रकार बञ्जाराले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि बञ्जारा अहिले दोस्रोपटक म्याद थप भएर अनुसन्धानमा छन् ।

अनुसन्धान चलिरहेकै अवस्थामा मंगलबार हेटौंडाको एक अनलाइन न्यूज पोर्टलले उजुरी दिने महिलाले बलात्कार भयो भनिएको उक्त दिन बञ्जारा कहाँ–कहाँ पुगेका थिए भनेर सीसीटिभी फुटेजसहितको सामाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएसंगै मकवानपुरको सञ्चार जगत स्तब्ध भएको छ । सोहीकारण पत्रकार बञ्जारामाथि लागेको आरोपको विषयमा प्रहरी प्रशासन तथा सरोकारवाला निकायले गम्भिर भएर निष्पक्ष छानबिन गर्न महासंघले माग गरेको हो ।