११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लुम्बिनी प्रदेश: डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार बन्दै

लुम्बिनी प्रदेश: डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार बन्दै
अ अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बिहीबार दिउँसो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै हुनुहुन्छ ।

आठ दलको गठबन्धनको गठबन्धन दलको मंगलबारदेखि बुटवलमा जारी बैठकले यसअघिकै सहमतिअनुसार चौधरीको नेतृत्वमा जानेगरी दिउँसो १ बजे दावी पेश गर्न जाने तयारी भएको बताइएको छ ।

यसअघि मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

दाङ निर्वाचन क्षेत्र नं ३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य चौधरीले सोही सूचनाकै आधारमा आज १ बजे प्रदेश दाबी पेस गर्ने बताइएको छ ।

मुख्यमन्त्री अल्पमतमा परेको भन्दै कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहित आठ दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यहरुले चौधरीलाई संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेशप्रमुख अमिक शेरचनसमक्ष निवेदन दिइसकेका छन् ।

सरकार गठनका लागि बिहीबार पनि ५३ प्रदेशसभा सदस्यकै हस्ताक्षर सहित दाबी पेस गर्ने तयारी भएको छ ।

लुम्बिनी प्रदेशसभा ८७ सदस्यी छ । नेकपा (एमाले) २९, कांग्रेस २७, माओवादी केन्द्र ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) का १-१ र स्वतन्त्र १ जना सदस्य रहेका छन् ।

प्रदेशमा सरकार गठनका लागि ४४ प्रदेशसभाको आवश्यकता पर्दछ ।