• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप, दुई प्रहरी घाइते



झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी नामाकरण गरिएको भन्दै विरोध गरिरहेको समूहबीच झडप भएको छ ।

एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि प्रदर्शनकारीहरुलाई १०० मिटर वरै रोकिएको झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले बताए । सोहि बmममा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको रेग्मीले बताए ।

प्रदर्शनकारीहरुको ढुंगा लागेर धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् ।

घटनामा सत्ता पक्षको घुसपैठ भएको भन्दै एमालेका सचेतक पदम गिरीले संसद् बैठकमा समेत आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘आज नेकपा एमालेको एउटा कार्यक्रममा सहभागी हुन जाँदै गर्दाखेरी एमालेको नेतृत्वमाथि जुन प्रकारको ढुंगामुडा गर्ने कोशिस गरिन्छ । अनेकन ढंगले कार्यक्रम भाँडने कोशिस गरिन्छ । अशान्ति पैदा गर्ने कोशिस गरिन्छ । त्यसमा सत्तापक्षकै कार्यकर्ताहरु घुसपैठ गरिएको छ ।’