२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव हिमालय एयरलायन्सले पोखरा र भैरहवामा १ सय ८० सिटको न्यरोबडी उडाउने दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक सुनसरीमा किसान भन्छन्– ‘यसपटकको दसैँ दशा भएर आयो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सा शिक्षा आयोगमाथि भ्रम फैलाउने र आक्रमण गर्ने कार्य हुँदै आएको छ– डा केसी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले पछिल्लो समयमा चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहनुभएका डा केसीले एक विज्ञप्ति जारी गर्दै मेडिकल माफियाहरुले निरन्तर आयोग र त्यसका पदाधिकारीहरुमाथि निराधार भ्रम फैलाउने र आक्रमण गर्ने गर्दै आएका उल्लेख गर्नुभएको छ ।

पछिल्लो समय राजनीतिक दलका विद्यार्थी संगठनका नाममा आयोग परिसरमा गुण्डागर्दी र आगजनी भएको भन्ने समाचारहरु आइरहेका उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “त्यस्तो दण्डनीय अराजकताका लागि विधिको शासन भएको राज्यमा कुनै छुट हुनु हुँदैन । तत्काल त्यस्तो कर्ममा संलग्न व्यक्तिहरुलाई कानुनअनुसार दण्डित गर्न हामी काठमाडौँ जिल्ला प्रशासन र नेपाल प्रहरीको ध्यानाकर्षण गर्दछौँ ।”

यसैबीच आयोगले कार्यविधि पुर्याएर रीतपूर्वक साझा प्रवेश परीक्षा सञ्चालन गरेकोमा बारम्बार त्यसलाई लिएर विभिन्न पक्ष अदालतमा जाने र शिक्षण संस्थाहरुको रुटिन नै खल्बलिने गरी मुद्दामामिला हुने अवस्थाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भन्दै डा केसीले न्यायालयमा यस्ता विषय प्रवेश गरेपछि तिनको गम्भीरता बुझेर समयमै संवेदनशीलतापुर्वक फैसला दिनु न्यायालयको कर्तव्य बन्ने बताउनुभएको छ ।

“न्यायालयले पनि छिट्टै यस्ता विषयलाई विषयविज्ञहरुको विज्ञतालाई सम्मान गर्दै किनारा लगाउनेछ भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभएको छ ।

डा केसीले यस अगाडि आफूहरुसित भएका सम्झौता तत्काल कार्यान्वयन गर्न र प्रधानमन्त्रीले गरेका प्रतिबद्धताहरु कार्यान्वयन गर्न पनि स्मरण गराउनुभएको छ ।