१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ– खिमलाल देवकोटा



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको बुधबारको बैठकमा उहाँले समानुपातिक निर्वाचन प्रणाली खारेज गरी समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताउनुभयो ।

सांसद देवकोटाले प्रतिनिधिसभाको संख्या २७५ बाट घटाएर १६५ र प्रदेशसभा सदस्यको संख्या ५५० बाट घटाएर ३३० मात्र बनाउनुपर्ने भनाइ राख्नुभयो ।

प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टीको नेतृत्व दुई कार्यकाल भन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले सार्वजनिक संस्थान र संवैधानिक निकायजस्ता ठाउँमा पार्टी कार्यकर्ता भर्ना गर्ने काम बन्‍द गर्नु पर्ने उल्लेख गर्नुभयो ।

सांसद देवकोटाले सुशासनको प्रत्याभुति हुने र भ्रष्टाचार निवारणका कार्यक्रमहरुलाई अभियानका रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।