१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश महत्त्वपूर्ण छ– एमाले उपमहासचिव रिमाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अङ्कगणितका आधारमा उपनिर्वाचनको परिणामले सत्तासमीकरणमा तात्विक फरक पार्ने खालको नभए पनि मनोवैज्ञानिक सन्देश भने महत्त्वपूर्ण रहेको बताउनुभयो ।

उपनिर्वाचनको परिणामले ठूला पार्टी लक्षित ‘सच्चिने’ शब्दको भाव, ‘अहिलेकोमा सुधार गर’ भन्ने होला भन्दै उपमहासचिव रिमालले मनोवैज्ञानिक सन्देश ‘कार्यशैली सुधार गर’ भन्ने मात्र हैन । नयाँ ‘मार्केटिङ–स्टन्ट’ पछ्याउ भन्ने पनि हैन भन्नुभएको छ ।

उपनिर्वाचनले ‘अजेण्डा सेटर गर, त्यसको ब्राण्डिङ गर र डेलिभरीको तरिका फेर’ भन्ने मनोवैज्ञानिक सन्देश दिएको आफ्नो बुझाइ सही हो भने उक्त मनोविज्ञानलाई आत्मसात गर्नुपर्ने उहाँको भनाइ छ ।