काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री विष्णु पौडेललाई फोनमार्फत् तत्काल बाढी पहिरो पिडितका लागि राहत र उद्धारका लागि बजेट निकास गर्न आग्रह गरेका छन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’का अनुसार जवाफमा अर्थमन्त्रीले आफू तदाकरुकताको साथ लागिरहेको बताएका हुन् ।
दुई दिनदेखि आइरहेको बाढी पहिरोले देशभरका विभिन्न स्थानमा क्षति पुर्याएको छ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गरेका छन्।
बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई निःशुल्क उपचार गर्न प्रचण्डले माग गर्दै संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन्।