२२ असार २०८३, सोमबार
,
Latest
ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव पोखरेललाई खनालको आग्रह : पार्टी मिलाउनुस् कमरेड



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी महासचिव ईश्वर पोखरेललाई पार्टी मिलाउनका लागि भूमिका खेल्न आग्रह गरेका छन्। बुधबार खनाललाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका महासचिव पोखरेललाई यस्तो आग्रह गरेका हुन् । 

खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ। नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल लान लागिएको हो। 

जवाफमा पोखरेलले उपचार गराएर निको भएर आएपछि छलफल गर्ने बताएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।

'झलनाथ खनालले पार्टी महासचिवलाई पार्टी मिलाउनुस्। तपाईंले पार्टी मिलाउन भूमिका खेल्नुस् भन्नुभयो,' उनले भने,'महासचिवले तपाईं छिट्टै निको भएर आउनुस् अनि बसेर सल्लाह गरौंला भन्नुभएको छ।'

रगतमा हेमोग्लोबिनको मात्रा कमी भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका खनाल थप उपचारका लागि आज भारत जाँदैछन्।