२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यक परे भ्रष्टाचारीको सर्वश्वहरण गर्नसक्ने व्यवस्था पनि विधेयकमा हुनुपर्छः पदम गिरी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउने किसिमबाट कानूनहरु निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारीहरुलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्नेगरी विधेयक ल्याइनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा कानून नभएकाले मात्रै भ्रष्टाचार मौलाएको होइन, कानूनलाई प्रभावकारी ढंगले कार्यान्वयन हुनुपर्छ । हाम्रा मेकानिजमहरु आफैँ भ्रष्टाचारमा लुप्त भए त्यही भित्र डुबेको कारणले यो समस्या आएको हो । देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको छ । अर्थतन्त्र जर्जर भएको छ । गरिबी बढेको छ । जनतामा निराशा बढेको छ । यसलाई हिट गर्ने इच्छाशक्ति भएको नेतृत्व देशले पाउन सकेन । दुर्भाग्य हो । त्यसका लागि आजका दिनमा हामीले संकल्प गर्नुपरेको छ ।’

‘भ्रष्टाचारीहरुलाई हामी कारबाहीको दायरामा ल्याउँछौँ र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउँछौँ भन्ने संकल्प हामी सबैले गरौँ । यो गर्नसके केही उपलब्धी हुन्छ । २, ४ करोडदेखि २, ४ अर्बसम्म भ्रष्टाचार ग¥यो भने १४ वर्ष भन्दा बढी जेलमा बस्नु नपर्नेगरी यो प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन, आजीवन जेल सजाय हुनुपर्छ त्यो भन्दा बढी पनि कारबाही गर्नुपर्छ, सर्वश्वहरण पनि गर्नुपर्छ । त्यस्ता प्रावधानहरु पनि राख्न सक्नुपर्छ ।’

प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताउनु भयो ।