४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

आवश्यक परे भ्रष्टाचारीको सर्वश्वहरण गर्नसक्ने व्यवस्था पनि विधेयकमा हुनुपर्छः पदम गिरी

आवश्यक परे भ्रष्टाचारीको सर्वश्वहरण गर्नसक्ने व्यवस्था पनि विधेयकमा हुनुपर्छः पदम गिरी
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचार गर्नेहरुलाई आजीवन जेल सजाय हुने प्रावधान राख्नुपर्ने माग गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ मा भ्रष्टाचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउने किसिमबाट कानूनहरु निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारीहरुलाई आवश्यक परे सर्वश्वहरणसमेत गर्नेगरी विधेयक ल्याइनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा कानून नभएकाले मात्रै भ्रष्टाचार मौलाएको होइन, कानूनलाई प्रभावकारी ढंगले कार्यान्वयन हुनुपर्छ । हाम्रा मेकानिजमहरु आफैँ भ्रष्टाचारमा लुप्त भए त्यही भित्र डुबेको कारणले यो समस्या आएको हो । देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको छ । अर्थतन्त्र जर्जर भएको छ । गरिबी बढेको छ । जनतामा निराशा बढेको छ । यसलाई हिट गर्ने इच्छाशक्ति भएको नेतृत्व देशले पाउन सकेन । दुर्भाग्य हो । त्यसका लागि आजका दिनमा हामीले संकल्प गर्नुपरेको छ ।’

‘भ्रष्टाचारीहरुलाई हामी कारबाहीको दायरामा ल्याउँछौँ र शिर निहुरिएर हिँड्नुपर्ने ठाउँमा पु¥याउँछौँ भन्ने संकल्प हामी सबैले गरौँ । यो गर्नसके केही उपलब्धी हुन्छ । २, ४ करोडदेखि २, ४ अर्बसम्म भ्रष्टाचार ग¥यो भने १४ वर्ष भन्दा बढी जेलमा बस्नु नपर्नेगरी यो प्रावधान राख्न खोजिएको छ, त्यो हुन सक्दैन, आजीवन जेल सजाय हुनुपर्छ त्यो भन्दा बढी पनि कारबाही गर्नुपर्छ, सर्वश्वहरण पनि गर्नुपर्छ । त्यस्ता प्रावधानहरु पनि राख्न सक्नुपर्छ ।’

प्रमुख सचेतक गिरीले देश एक प्रकारले भ्रष्टाचारले कंगाल भएको र जनतामा निराशा बढेको बताउनु भयो ।