२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित

बेलुनबाट आफ्नो भूमिमा हमला भएको भन्दै इजरेलद्वारा गाजामा हवाई आक्रमण

बेलुनबाट आफ्नो भूमिमा हमला भएको भन्दै इजरेलद्वारा गाजामा हवाई आक्रमण
अ अ+ अ-

एजेन्सी । इजरेली वायु सेनाले गाजा स्ट्रिपका निशानाहरूमा हवाई आक्रमण गरेको छ। प्यालेस्टिनी सुरक्षा फौज, प्रत्यक्षदर्शीले दिएका विवरणको इजरेली सेनाले पुष्टि गरेको छ।

इजरेलले हमासले मङ्गलवार बेलुनहरूमा विस्फोटक पदार्थ राखेर दक्षिण इजरेलमा पठाएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको उल्लेख गरेका छन्। हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ। उक्त उग्रवादी समूहले जेरुसलेममा भएका प्रदर्शनका कारण मङ्गलवारलाई "आक्रोशको दिन" भनेको थियो।

हवाई आक्रमण
बुधवार सबेरै गाजामा विस्फोटनका आवाजहरू सुनिएका थिए। यसअघि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौँ बेलुनहरू गाजाबाट मङ्गलवार इजरेलतर्फ पठाइएका थिए। दुवै पक्ष मे २१ मा लडाइँ अन्त्य गर्दै युद्धविराम गर्न सहमत भएयताको यो सबैभन्दा ठूलो तनाव हो।

एउटा विज्ञप्तिमा इजरेली डिफेन्स फोर्सले हमासको खान युनिस र गाजा सिटीमा रहेका सैन्य हाताहरूमा उसका लडाकु जेटहरूले आक्रमण गरेको उल्लेख गरेको छ।ती परिसरमा "आतङ्कवादी गतिविधिु भएको भन्दै उसले आइडिएफ निरन्तर गाजा स्ट्रिपबाट भएका त्यस्ता कार्य रोक्न" सबै परिस्थितिका लागि तयारु रहेको उल्लेख गरिएको छ।

हवाई आक्रमणहरूले गराएको हताहातीबारे प्रस्ट भइसकेको छैन। तर गाजामा रहेका बीबीसी संवाददाताले सामाजिक सञ्जालमा उक्त भूभागमा इजरेली ड्रोनहरूको आवाज सुनिएको उल्लेख गर्दै भिडिओ राखेका छन्।

 

र्‍यालीको आयोजना
इजरेलको अग्नि सेवाले यसअघि गाजाबाट पठाइएका आगलागी गराउने क्षमताका बेलुनहरूका कारण दक्षिणी इजरेल कम्तीमा २० वटा आगलागी भएका उल्लेख गरेको थियो।

पूर्वी जेरूसलेममा इजरेली राष्ट्रवादीहरूले मङ्गलवार गरेको र्‍यालीको विरोधमा कदम चाल्ने पनि चेतावनी दिएको थियो। उक्त र्‍याली सन् १९६७ मा इजरेलले पूर्वी जेरुसलेम कब्जा गरेको सन्दर्भमा आयोजना गरिएको थियो।

मे महिनाको प्रारम्भमा नै आयोजना गर्ने योजना बनाइएको भएपनि प्रहरीले अनुमति नदिएपछि र हमासको चेतावनी आएपछि केही ढिला भएको थियो। इजरेली प्रहरीसँगको झडपमा ३० भन्दा बढी घाइते भएका छन् र १७ जना गिरफ्तार भएका छन्।

र्‍यालीअघि स्थानीय सञ्चारमाध्यमले इजरेलको सेनालाई उच्च सतर्कतामा राखिएको जनाएका थिए। त्यसबाहेक प्यालेस्टाइनबाट हुने सम्भावित रकेट हमलालाई लक्षित गर्दै इजरेलको आरन डोम मिसाइल प्रणालीलाई पनि सक्रिय तुल्याइएको भनिएको थियो।