१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १७.३६ अंकले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक १७ अंकभन्दा बढीले बढेको छ ।

मंगलवार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ । सोमवार नेप्से परिसूचक २.७१ अंक बढेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.५६ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २६४ कम्पनीको २७ लाख कित्ता शेयर ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवारको कारोबारको तुलनामा मंगलवार कारोकार रकम बढेको छ । उक्त दिन ७५ करोडको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १.९२ प्रतिशत बढेको भने वित्त, लगानी, उत्पादन तथा प्रशोधन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८ प्रतिशतले बढेको छ। त्यस्तै खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ । तर सनराइज फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। मंगलवार शिवम् सिमेन्ट्स कम्पनीको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।