• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

बारा– २: उपेन्द्र यादवलाई ५ हजारको अग्रता



बारा । बारा–२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

बारा–२ मा ६९ हजार १०७ मत खसेकोमा अध्यक्ष यादवले १७ हजार ५९४ मत पाएका छन् । यस्तै, जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १२ हजार ५९१ मत प्राप्त गरेका छन् । यादव र कुशवाहबीचको मतान्तर ५ हजार तीन रहेको छ ।

त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार ३४५ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १४९ मत पाएका छन् ।