१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरा ठोक्किएको भ्रम फैलाएको भन्दै फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक



अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको विमानमा चरा ठोक्किएको भनी भ्रम फैलाउने उक्त विमानका दुई म्यानेजरलाई कारबाही गरेको छ ।

प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गर्दै विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारेको छ ।

कारबाहीमा पर्नेमा फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजर रहेका छन् ।

सोमबार राति ९ः२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो।

तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो । एउटा इन्जिनमा समस्या आए पनि उक्त जहाज दुबई पुग्ने अवस्थामा भएकाले गन्तव्यका लागि उडेको थियो ।

“हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं९दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको छ”, प्राधिकरणले भनेको छ।