१७ भाद्र २०८३, बुधबार
,
Latest
ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेठिकल साइन्सेस (एम्स) मा भर्ना भई उपचार गराइरहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

राष्ट्रपतिको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको बताएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले एन्टिबायोटिक उपयोगका कारण राष्ट्रपति पौडेलमा शारीरिकरुपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा हुनुभएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेल उपचारका लागि यही वैशाख ६ गते नयाँ दिल्ली जानुभएको थियो ।