• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा ★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा

काँग्रेस संसदीय दल बैठकः आगामी बजेटमा उत्पादन वृद्धि, रोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिइने



फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

सोमवारबाट संघीय संसद भवनमा शुरु भएकाले पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् ।

बैठकपछि मंगलवार सञ्चारकर्मीहरसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताउनु भयो । उहाँले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरुले माग राखेको बताउनु भयो ।

उहाँले महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन् । बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार बिस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको पनि प्रमुख सचेतक लेखकले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेटका सिद्धान्तहरु, प्राथमिकताहरु, त्यसका आधारहरु के हुन् ? भन्नेकुरा मान्य अर्थमन्त्रीज्युले जानकारी गराउनु भयो । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो । हामीले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गरेका छौँ । केही शोक प्रश्ताव पारित गरेका छौँ । मान्य अर्थमन्त्रीजीले बजेटका बारेमा जानकारी गराउनु भयो । सभापतिजीले पनि आफ्ना धारणा राख्नुभयो । मुल विषय बजेटमा नै छलफल गर्न यो बैठक राखिएको थियो, त्यसमा व्यापक छलफल भयो । पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतमा बढी केन्द्रित हुनुपर्छ, भन्नेकुरा उठेका छन्, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि कुरा उठेका छन् ।’

त्यस्तै नेपाली काँग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । उहाँले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको संसदीय दलको बैठकमा आगामी बजेटका बारेमा छलफल भयो । आगामी बजेट जनताप्रति र जनतालाई के के कुरामा राहत दिन सकिन्छ ? सानो पुँजीबाट पनि सानो बजेटबाट पनि जनताको आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिएर सामाजिक सुरक्षा भत्ता लगायतमा विशेष ध्यान दिएर आगामी बजेटको निर्माणमा ध्यान दिनेछौँ भन्नुभएको छ । आर्थिक अवस्था कहालीलाग्दो छ, यद्यपी आयआर्जनमा के कसरी बढाउन सकिन्छ ? रोजगार कसरी सिर्जना गर्न सकिन्छ ? मुलुकमा उत्पादन र श्रमलाई कसरी बढाउने भन्ने बारेमा विचार आएका छन् । आय आर्जन पनि बढाउने, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिने भन्ने छ ।’

सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भएपनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । उहाँले मुलुकमै रोजागारी सिर्जना गर्न, मुलुकको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुनुे ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको बताउनु भयो ।