११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

काँग्रेस संसदीय दल बैठकः आगामी बजेटमा उत्पादन वृद्धि, रोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिइने

काँग्रेस संसदीय दल बैठकः आगामी बजेटमा उत्पादन वृद्धि, रोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिइने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

सोमवारबाट संघीय संसद भवनमा शुरु भएकाले पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् ।

बैठकपछि मंगलवार सञ्चारकर्मीहरसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताउनु भयो । उहाँले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरुले माग राखेको बताउनु भयो ।

उहाँले महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन् । बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार बिस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको पनि प्रमुख सचेतक लेखकले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेटका सिद्धान्तहरु, प्राथमिकताहरु, त्यसका आधारहरु के हुन् ? भन्नेकुरा मान्य अर्थमन्त्रीज्युले जानकारी गराउनु भयो । बजेट कस्तो आउनुपर्छ, के आउनुपर्छ भन्नेबारेमा राय लिनुभयो । हामीले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गरेका छौँ । केही शोक प्रश्ताव पारित गरेका छौँ । मान्य अर्थमन्त्रीजीले बजेटका बारेमा जानकारी गराउनु भयो । सभापतिजीले पनि आफ्ना धारणा राख्नुभयो । मुल विषय बजेटमा नै छलफल गर्न यो बैठक राखिएको थियो, त्यसमा व्यापक छलफल भयो । पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेटमा व्यवस्था गरिनुपर्छ भन्ने माग उठेको छ । महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतमा बढी केन्द्रित हुनुपर्छ, भन्नेकुरा उठेका छन्, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि कुरा उठेका छन् ।’

त्यस्तै नेपाली काँग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । उहाँले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको संसदीय दलको बैठकमा आगामी बजेटका बारेमा छलफल भयो । आगामी बजेट जनताप्रति र जनतालाई के के कुरामा राहत दिन सकिन्छ ? सानो पुँजीबाट पनि सानो बजेटबाट पनि जनताको आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिएर सामाजिक सुरक्षा भत्ता लगायतमा विशेष ध्यान दिएर आगामी बजेटको निर्माणमा ध्यान दिनेछौँ भन्नुभएको छ । आर्थिक अवस्था कहालीलाग्दो छ, यद्यपी आयआर्जनमा के कसरी बढाउन सकिन्छ ? रोजगार कसरी सिर्जना गर्न सकिन्छ ? मुलुकमा उत्पादन र श्रमलाई कसरी बढाउने भन्ने बारेमा विचार आएका छन् । आय आर्जन पनि बढाउने, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिने भन्ने छ ।’

सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भएपनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । उहाँले मुलुकमै रोजागारी सिर्जना गर्न, मुलुकको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुनुे ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको बताउनु भयो ।