१७ भाद्र २०८३, बुधबार
,
Latest
ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग गण्डकी प्रदेशको ऊर्जामन्त्रीमा देवकोटा नियुक्त भोटेकोशी बाढी पीडितलाई  विभिन्न सङ्घसंस्थाबाट ४६ लाख सहयोग नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा–२ बाट चुनाव लडेका एमालेका पुरुषोत्तम पौडेलले दिए मतदातालाई धन्यवाद



अ+ अ-

बारा । प्रतिनिधिसभा सदस्य पदका लागि बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको प्रारम्भिक मतपरिणाममा पछि पर्नुभएका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई धन्यवाद दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई मतदान र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, “निर्वाचन प्रचारको क्रममा क्षेत्रभरिका आदरणीय जनसमुदायसँग मत मागियो, नेकपा एमालेको तर्फबाट सफल निर्वाचन प्रचार अभियान चलाइयो । ठूलो संख्यामा मतदाताहरुसँग भेटघाट गरियो । पार्टीका श्रद्धेय अध्यक्ष केपी ओली स्वयंम चुनावी कार्यक्रममा सहभागिता जनाउनु भयो । फेरि पनि निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन र अझ मेहनत गर्न भनिरहेको अवस्था छ ।”

“अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाटकाँट देखिएको छैन । यो उपनिर्वाचनले जे जस्तो परिणाम दिए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिबाट आएको जनादेशलाई स्वीकार गर्दछौँ र आफुलाई समीक्षा गरेर जुनसुकै अवस्थामा पनि आफ्नो जिम्मेबारीबाट पछि हट्दैनौँ । हामी आफूमा रहेका कमी कमजोरी हटाउँदै आफैँलाई पुनर्गठित गरेर अघि बढ्न संकल्पबद्ध छौँ”, उहाँले लेख्नुभएको छ ।