५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानमा चरा ठोक्किएको हल्ला प्रमाणित भएको छैन– मन्त्री किराती



फाईल फोटो
अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको बताउनुभएको छ ।

काठमाडौँबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएपछि जहाज केहिबेर काठमाडौँ र धादिङको आकाशमा होल्ड गराएर आफ्नो गन्तव्य दुबई नै गएको थियो ।

जहाजमा चरा ठोक्किए पनि दुबईमा सकुशल अवतरण गरेको फ्लाइ दुबईले जनाएको छ । तर मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत नकारात्मक हल्ला गर्ने बानी सबैलाई छाड्न आग्रह गर्नुभएको छ । “‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ’ मेरो आमाले भन्नुहुन्थ्यो”, उहाँले भन्नुभएको छ ।

आफूले गाउँमा गाईभैँसी गोठालो गरेर आएको र अहिले शहरमा हवाईजहाजको गोठालो गर्दैछु भन्दै लेख्नुभएको छ, “गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आजराति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।”

मन्त्री किरातीको फेसबुक स्टाटस यस्तो छ–

गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ ।

र जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।

कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । “कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ” मेरो आमाले भन्नुहुन्थ्यो ।